
जनकपुरधाम,- महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरी बस्ने २७ वर्षीया रिना कुमारी देवी छिन् ।
गोप्य सूचनाको आधारमम आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सीतापुर प्रहरी चौकीको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
उनको श्रीमानको खोजी जारी र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।