
भैरहवा- काठमाडौं महानगरपालिका वडा नं ९ तिलगंगा स्थित पि.के डायगोनोस्टिक सेन्टर प्रा.लि मा धारिलो हतियार प्रहार गरी ३८ वर्षिय साविर हुसेन लाई घाईते बनाई फरार रहेका व्यक्ति लाई प्रहरी ले पक्राउ गरेको छ। सो घटना मा फरार रहेको व्यक्ति लाई खोजतलाश गर्ने क्रम मा जिल्ला प्रहरी परिसर, काठमाडौं वाट खटिएको प्रहरी टोली ले आश्विन १५ गते कलंकी वाट नियन्त्रण मा लिएको हो।
पक्राउ पर्ने मा रौतहट जिल्ला वानियापुर गाउँपालिका घर भएका ३७ वर्षिय सिकिलदेव सहनी रहेका छन् । निज साहनी ले बारा जिल्ला कलैया नगरपालिका वडा नं.२१ घर भई हाल काठमाडौं कोटेश्वर मा डेरा गरि वस्दै आएका साविर हुसैन लाई हतियार प्रयोग गरि घाईते वनाएका हुन्।

प्रहरी ले धारिलो हतियार प्रहार गरी घाईते बनाई फरार भएको भन्ने सुचना प्राप्त हुनासाथ तत्काल प्रहरी बृत्त गौशालाबाट प्रहरी टोली खटाई घाईतेलाई उपचारका लागि के.एम.सी अस्पताल सिनामंगलमा लगी थप उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल पुर्याएको जनाएको छ ।घटना स्थल वाट प्रहरी ले कटुवा पेस्तोल १ थान,गोली १ थान,चक्कु १ थान, कालो झोला एउटा र कोटेश्वरबाट गौर जाने बसको टिकट फेला परेको जनाएको छ।
ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिन को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौं ले जनाएको छ।