
महोत्तरी चेम्बर अफ कमर्सले खेलाडीहरुलाई टिसर्ट उपहार दिएको छ ।
इछ्छेस्वर चेरु युवा कलवले आयोजना गरेको खेल प्रतियोगिताको लागी टिसर्ट उपहार दिएको हो ।
२१ असोजदेखी कलवले आयोजना गरेको खेलाडीहरुको मनोवल वढाउन टिसर्ट प्रदान गरेको चेम्वर कमर्सका अध्यक्ष सुधिर अग्रवालले जानकारी दिए ।
यसअघि पनि खेलाडीहरुलाई प्रोत्साहन गर्न संस्थाले विविध सहयोग गरेको वताउदै अध्यक्ष अग्रवालले आगामी दिनमा यस्ता सहयोगहरुलाई निरन्तरता दिइरहनेमा प्रतिबद्धता जनाए ।
व्यापारिक हकहितको लागी झण्डै ८ दशक अघि स्थपना भएको चेम्बर्स अफ कमर्सले महोत्तरीमा साखा विस्तार गरेको ५ बर्ष मात्र भएको छ ।
खेललाई योगदान दिन यस्ता खाल्का सहयोगहरुले पनि मनोवल वढने वताउदै युवा कलवका अध्यक्ष पुरुषोत्तम भट्टराईले सरकार भन्दा संस्थाहरु नै सहयोगी भएको वताए ।
महोत्तरी चेम्बर्स अफ कमर्सका माहासचिव सुदर्शन काफ्लेले खेललाई संस्थागतरुपमा अभियानकोरुपमा नै अगाडी बढाउने प्रतिबद्धता जनाएका छन ।