गैर आबसीय नेपाली संघ अन्तराष्ट्रिय समन्बय परिषद (एनआरएनए) को आगामी अक्टोबर १७-२० सम्म काठमाडौमा सम्पन्न हुने राष्ट्रिय महाधिबेशनमा धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका निवासी कृष्ण कुमार ठाकुरले मध्यपुर्ब युवा संयोजकको (Middle East Youth Coordinator) उम्मेदवारी घोषणा दिएका छन्।
ठाकुरले आफ्नो उम्मेदवारी दिदैं ४ बुँदे प्रतिबद्धता जाहेर गरेका छन्।उनले जाहेर गरेका प्रतिबद्धताहरू जस्ताकाे त्यस्तै हेर्नुहाेस्।

१. मध्यपूर्व बिशेष गरी खाडी मुलुकमा श्रम गर्न आउने युबा बर्गलाई सम्बन्धित मुलुकमा जानु अघी नेपाल सरकारले आधारभुत तालिम तथा त्यस देशको सामाजिक कानुन बारे जानकारी गराउने ब्यबस्था अनिबार्य गराउन नेपाल सरकार संग पहल तथा एनआरएनए मार्फत समन्बयकारी भूमिका निर्बाह गर्नेछु।
२. मध्यपुर्बमा भिजिट तथा रोजगारीमा आउने युबाहरु लागु औषध सेवान जस्ता कार्यहरुमा संलग्न हुन थालेको तथ्यांक फेला पर्न थालेकोले त्यसतर्फ सजक गराउन सम्बन्धित देशको दुताबाससंग समन्बय गरी बिषेश कार्यक्रमहरु सन्चालन गरी दुर्ब्यासनी न्युनिकरण एब निर्मुल गर्न बिशेष पहल गर्नेछु।
३. सामाजिक सुरक्षा कोषमा आबद्द हुनलाई सम्पुर्ण बैदेशिक रोजगारीमा रहने युबाहरुलाई प्रोत्साहन गरी त्यसको लागी सहजिकरण गर्नेछु।
४. खेलकुदका माध्यमबाट युबाहरुलाई स्वस्थ राख्ने अभिप्रायले मध्यपूर्वका हरेक देशहरुमा एनआरएनए कप (फुटबल, भलिबल, ब्याडमिन्टन आदी जस्ता) खेलकुदहरु सम्बन्धित मुलुकका एनआरएनए एनसिसीहरु संग समन्बय गरी हरेक साल खेलको आयोजना गर्न प्रयत्न गर्नेछु।







