बर्दिवास नगरपालिकामा मैत्रीपुर्ण दोश्रो वडा कप फुटवल खेलको आयोजना हुने भएको छ ।

युनाइटेड फुटवल कलव र वडा-३ कार्यालयको आयोजनामा भएको उक्त खेल २५ असोजवाट औपचारिक उदघाटन हुने आयोजक पक्षले जनाएको छ ।
विगतका खेल प्रतियोगिताहरुमा वाहिरवाट खेलाडी ल्याएर प्रतिस्पर्धा गरेको भएतापनी यो खेलमा भने नगरभित्रैवाट प्रतिस्पर्धा गराएर दक्ष खेलाडी उत्पादन गर्ने वडा अध्यक्ष बिराट बिष्टले वताए ।
खेलमा नगरभरीका १४ वटा वडालाई मात्र समेटिएको छ । वडा न.१३ वाहेक सवै वडावाट खेलाडीहरुको टिम खेलमा सहभागी हुने बर्दिवास युनाइटेड कलवका अध्यक्ष बिनोद खडकाले जानकारी दिए ।
खेलमा प्रथम हुने टिमको लागी ४१ हजार, दृतिय हुने टिमको लागी २१ हजार र उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ताको लागी पनि आकर्षक पुरुस्कारको व्यवस्था गरिएको छ ।
झण्डै ४ लाख लागत अनुमान गरिएको उक्त खेलमा वडा र नगरपालिकाले २ लाख सहयोग गरेको आयोजक पक्षको भनाइ छ ।
खेल ३ कात्तिकसम्म जारी रहनेछ ।




