महोत्तरी।महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा कृषकहरुलाई मोटर र पम्पिंङ्ग सेट वितरण गरिएको छ ।
पालिकाको वडा नम्बर १ देखि ९ सम्म करीब ३० जना कृषकहरुलाई स्यालो ट्यूबेल जडान गरी उनीहरुलाई मोटर र पम्पिंङ्ग सेट मटिहानी नगरपालिकाको ४५ लाख ४८ हजारको लागतमा वितरण गरिएको कुरा पालिकाका प्राविधिक बिमलेश साहले बताउनु भयो ।यसै बीच सो सामाग्रीहरु एक कार्यक्रम बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गर्नुभयो ।
सो अवसरमा प्रमुख मण्डलले कृषकहरुलाई पालिकाको सहयोगमा वितरण गरिएको कृषि सिचाई सामग्रीबाट राहत पुग्ने भन्नु भयो ।नगरपालिकाको ८५ प्रतिशत र कृषकको १५% लागत सहयोगमा जडान गरिएको स्यालो ट्यूबेल बोर्डिंगबाट १ सय ५० विघा कृषक क्षेत्रको जग्गा सिंचित हुनेछ ।
कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा,वडा अध्यक्षहरु शिवशंकर कुमार राय, कलीम अंसारी, अब्दुल गफार राईन,योजना अधिकृत राजेश कुमार शर्मा सहभागी रहेको थियो ।




