रागिनी साह,महोत्तरी- भारतीय नेताहरूलाई जलेश्वरमा स्वागत गरिएको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले "भारत बाट आएका अतिथिहरुलाई स्वागत तथा सत्कार गरेका हुन्।
भारतबाट आएका भाजपा नेता दिपक ठाकुर, दिल्ली युनिभर्सिटीका प्रोफेसर डा. रन्जित कुमार सिंह, पुर्व नेसनल मेडिकल कमिसनको अध्यक्ष डा. सहजा नन्दन प्रसाद, रेल्वे सुपरिटेन्डेन्ट बिपि सिंह ,जनता समाजबादी पार्टि नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह लगायत आवद्ध मिथिला फाउन्डेसन र टिमलाई स्वागत गरिएकाेहाे।

अतिथिहरु मंगलवार जलेश्वरको प्रसिद्ध मन्दिर जलेश्वरनाथ महादेव मन्दिरमा आएर पुजा अर्चना गर्नुका साथै दुर्गा मन्दिरमा झिझिया नृत्य समेत अवलोकन गरेका थिए। पुर्व नेसनल मेडिकल कमिसन को राष्ट्रिय अध्यक्ष डा.सहजा नन्दन प्रसाद ले एम्स अस्पताल निर्माण गरिने भारत सरकार समक्ष प्रस्ताव राख्ने बताए ।

साे क्रममा वक्ताहरुले नेपाल भारत मैत्री पुर्ण सम्बन्ध लाई यो भ्रमणले टेवा पुर्याउने छ बताए। भाजपा नेता दिपक ठाकुरले नेपाल र भारतलाई बेटिरोटी को संज्ञा दिदै दुबै क्षेत्रको आर्थिक बिकास हुनु अत्यन्त जरुरी रहेकोले भारतीय निवेश कर्ता हरुलाई नेपालको मधेस मा निवेश गरिने वातावरण सिर्जना गरिदिन आग्रह गरेका थिए ।

प्रमुखले अतिथिहरुको लागि मिथिला विशेष खानाको पनि आयोजना गरेका थिए ।




