
महेन्द्रनगर- क्षीरेश्वरनाथ नगरपालिकाको हिन्दु नेपालीहरुको महानपर्ब बडा दसैं तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले चाडपर्वहरुलाई भडकिलो नबनाई आफनो संस्कृतिको जगेर्ना गर्ने गरि मनाउनुपर्ने बताउनुभयो। उहाँले सम्पूर्ण नेपालीहरुलाई आफ्नो क्षमता, गच्छता र दिगो हुने गरि मनाउन आग्रह समेत गर्नुभयो ।

त्यस्तै उहाँले नेपालीहरुको सुख शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त समेत गर्नुभयो ।
मेयर यादवले पालिकाका कर्मचारीहरुलाई प्रदान गरिने सेवा सुविधामा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रसेवक कर्मचारीहरुले नागरीक/सेवाग्राहीको काम छिटोछरितो ढंगले समय मै गरिदिनलाई निर्देशन समेत दिनुभयो ।
उहाँले आफूले गर्ने कार्यसम्पादनको बेला हुने कुनै किसिमको गल्तीलाई सबैले औल्याइ दिए सचेत हुने सच्चिने मौका प्राप्त हुने भएकोले गल्ती कमिजोरीलाई औल्याइ दिन आग्रह गर्नुभयो ।

मेयर यादवले असत्य माथि सत्यको विजयी को अवसरमा मनाइने विजया दशमीले जनप्रतिनिधि बीचको आन्तरिक द्वन्द्व त्यागी नगर र जनताको विकासको कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड् दिनुभयो।

कार्यक्रममा पालिकाका जनप्रतिनिधि , कर्मचारी सहितका उपस्थिती रहेको थियो । सबैले एक अर्का संग बडा दर्सैको शुभकामना आदान प्रदान गरेका थिए