मंजित मधेशी / महाेत्तरी
महाेत्तरीकाे गाैशाला नगरपालिकामा डिगडिया नपिटेकाे( ढाेल नबजाएकाे ) भन्दै एक दलित माथि कुटपिट गरिएकाेछ।
गाैशाला नगरपालिका वडा नम्बर ७ बस्ने ५५ बर्षीय रामेश्वर महरा चमारलाई कार्तिक १ गते बुधबार राति १०:३०बजे सुतिरहेको अवस्थामा घर मै आएर कुटपिट गरिएको पिडितले जनाएको छ।
वडा अध्यक्षकाे निर्देशनमा वडा सदस्य सहित ६ जनाकाे समुहले कुटपिट गरेको पिडितकाे आराेपछ।
वडा नम्बर ७ काे वडा सदस्य जितेन्द्र ठाकुर,सहित प्रवेश राउत ,जाेगिन्द्र पासवान ,शिवु चाैधरी, अशोक चाैधरी, सुबाेध चाैधरीले रक्सीले मातेर हाे-हल्ला गरेर घरबाट वाहिर निकाल्दै कुटपिट गरेको पिडित महराले बताए।
दशाैंभरी गाउँमा घुमि-घुमि बजाईने ढाेल ( डिगडिगिया पिट्ने ) नबजाएपछि वडा अध्यक्ष मनाेज चाैधरीकाे निर्देशनमा महरालाई कुटपिट गर्दै ढाेल बजाउनै पर्छ भन्ने समाजिक संञ्जाल फेस बुकमा अडियो रेकर्ड समेत भाईरल भएको छ।



यता महाेत्तरी जिल्ला महरा चमार जातिकाे मुखिया प्रकाश महरा संविधानमै उल्लेख नभएको यस्तो जबर्जस्ती जनप्रतिनिधिबाटै सामन्तवादी सैलिमा हर्कत हुनु निन्दनिय रहेको बताए।
त्यसतै युवा समाजसेवी दलित नेता बिनाेद महरा कानुनकाे दायरा बमोजिम कार्यवाही नभए आन्दोलन गर्ने चेतावनी दिईकम छन्।
यश विषयका गाैशाला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मनाेज चाैधरीले आफुले नै वडा सदस्य सहितकाे समुहलाई रातकाे बेला छलफलकाे लागि मात्र पठाएको र पछि आफू पनि गएको र छलफलकै क्रममा धक्कामुकि भएको स्विकारे ।
पिडित महराले ईलाका प्रहरी कार्यलय गाैशालामा उजुरी दिएको र अनुशाधान भइरहेको ईलाका प्रहरी गाैशालाका ईन्चार्ज मनाेज यादवले जानकारी दिए।
पछिल्ला ६० महिनामा मधेश प्रदेशमा दलितमाथि भएका अपराधीक घटनाहरु नेपाल प्रहरी मधेश प्रदेश कार्यलय जनकपुरकाे तथ्यांक अनुसार छुवाछूतको घटना १२, बलात्कारकाे घटना ३०३ ,बलात्कार गरेर ५ जनाकाे हत्या र,कर्तव्य ज्यान सम्बन्धि ८० जना माथि भएको उल्लेख रहेकाे छ।





