सुजाता राई
विराटनगर । अग्रज साहित्यकार गोकुल व्याकुलद्वारा लिखित आत्मसंस्मरण ‘जीवन, संघर्ष र मृत्यु’ को लोकार्पण खोटाङ समाज सेवा मञ्च, विराटनगरमा आइतबार सम्पन्न भयो।
कार्यक्रममा समालोचक भूषण ढुंगेलले कृतिको समीक्षा प्रस्तुत गरे भने सो अवसरमा प्रमुख अतिथि ओम श्रेष्ठ ‘रोदन’, लेखक गोकुल व्याकुल, साहित्यकार विवश पोखरेल, हरिहर भण्डारी, सरला चापागाईं, कवि हरि कट्टेल, तथा स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटाले शुभकामना अभिव्यक्त गरेका थिए।

यसै कार्यक्रममार्फत सामाजिक अभियन्ता तथा लेखक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा नेपाल स्रष्टा समाज, कोशी प्रदेश पुनर्गठन गरिएको छ। प्रथम साधारणसभाले मार्सेलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गर्यो।
नयाँ समितिमा लक्ष्मी पोखरेल सचिव, बाबुराम पोखरेल कोषाध्यक्ष तथा कवि हरि कट्टेल, प्रयाग न्यौपाने, मीनकुमार नवोदित, निर्मला कोइराला, पुष्पा सायरा, शारदा भट्टराई, सुजाता राई र निर्मला नेपाल सदस्यमा चयन भएका छन्।

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोदनसहित विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, हरिहर भण्डारी र साहित्यकार गंगा सुवेदीले पदाधिकारीहरूलाई खादा ओढाई बधाई दिए।
समाजको पहिलो बैठकले विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, दिङ्लाली कान्छो, सरला चापागाईं, कविराज न्यौपाने र केशु विरहीलाई सल्लाहकारमा चयन गरेको अध्यक्ष मार्सेलीले जानकारी गराए ।





