जनकपुरधाम- आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ ।
३ महिनापछि भने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
१६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ ।
यसैअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपराह्न ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरू खुल्छन् ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।




