महोत्तरी – महोत्तरीमा हतियार देखाउँदै एनमबी बैंक लुट्न खोज्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सोमबार जिल्ला अदालत महोत्तरीले बैंक लुट्ने धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका २ मुखियापट्टी बस्ने वर्ष २२ वर्षीय अनरजीत रामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
थुनछेक बहस पश्चात् उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलिपकुमार गिरिले जानकारी दिए । उनलाई जलेश्वर कारागार महोत्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।
रामसहितले गत जेठ १६ गते दिउँसो १२ बजेर ३५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका २ महोत्तरी बजारस्थित एनमबी बैंकबाट हतियार देखाएर १५ लाख रुपैयाँ लुटेका थिए ।
बैंक लुटपाट घटनामा अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये एक जनालाई यसअघि नै पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षको लागि कारागारमा पठाइसकेको छ । उक्त घटनामा संलग्न अन्य अपराधीहरु पनि ट्र्याक भइसकेको डीएसपी गिरिले बताए । उनीहरूलाई पनि छिट्टै पक्राउ गरी सार्वजनिक गरिने उनले जानकारी दिए ।
सम्बन्धित समाचार
Breaking : महाेत्तरीमा दिनदहाडै बैंकमा लुटपाट
Breaking : महाेत्तरीमा दिनदहाडै बैंकमा लुटपाट
महोत्तरीमा बैंकबाट दिनदहाडै लुटियो ३८ लाख भन्दा बढी रकम
महोत्तरीमा बैंकबाट दिनदहाडै लुटियो ३८ लाख भन्दा बढी रकम
महोत्तरी गाउँपालिका स्थित एनएमबी बैंक लुटेरा अझै फरार
महोत्तरी गाउँपालिका स्थित एनएमबी बैंक लुटेरा अझै फरार
एनएमबी बैंक लुटेरा मध्ये १ पक्राउ,अन्यकाे खाेजतलास जारी
एनएमबी बैंक लुटेरा मध्ये १ पक्राउ,अन्यकाे खाेजतलास जारी