रौतहट ।राँगाको आक्रमणबाट रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा एक जना वृद्धको मृत्यु भएको छ।
बुधबार साँझ आफ्नो घरमै रहेको अवस्थामा राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।



सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् ।




