गोविन्द महतो,मुम्बई (भारत)- भारतकाे महाराष्ट्र प्रदेशका उप-मुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटकाे विकासमा आवश्यक सहयाेग गर्न तत्पर रहेकाे बताएका छन् । उप-मुख्यमन्त्री फडणवीसले नेपाली क्रीकेट टोलिलाई प्रशिक्षण तथा खेलमा थप उर्जा समेत प्रदान गर्ने तयार रहेको बताए ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघकाे संयाेजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुकाे प्रतिनिधि मण्डलसँगकाे भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण, व्यवसायिक क्रिकेटमा अवसर गर्न आतुर रहेको बताए ।
`नेपाल क्रिकेट संघ (क्यान)ले उपयुक्त प्रस्ताव ल्याए क्रिकेटमा दुई पक्षीय सहयोगातम प्रतिष्पर्धा गर्न सकिन्छ´, उनले भने । नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध प्रगाढ रहेको र मिथिला महारष्ट्रको सम्बन्ध रामयण कालिन सम्बन्ध रहेकोले नेपालसङ थप मजबुत बनाउन ततपर रहेको बताए ।उनले भने ," नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव आएमा हाम्रो महाराष्ट्र सरकारले मध्यस्थता गरेर मुंबई क्रिकेट एकेडेमी मार्फत नेपालको लागि आवश्यक सहयोग गर्नेछौं।
नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रसिक्षन, व्यावसायिक रूपमा क्रिकेट खेल्ने अवसर, दुई पक्ष बीचको प्रतिस्पर्धा गराउन महारष्ट सरकार मध्यस्था गर्नेछ। नेपाली क्रिकेटलाई सहयोग गर्न चाहन्छौं "
मुम्बई भ्रमणमा आएको नेपालका पत्रकारको टोलीसँग उपमुख्यमंत्री देवेन्द्र फडनविस ले मुम्बई इण्डियन्स टीम र नेपाली क्रिकेट टोलीसँगको म्याच गराउने विषयमा मध्यस्थता समेत गर्ने बताए ।
फडणवीसले मुम्बईमा रहेका श्रमिक नेपालीहरुकाे अवस्था लगायतका विषयमा श्रम र व्यापार बिषयमा समेत उप-मुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएकाे बताए । उनले नेपाल भारतको समबन्धलाई थप उचाइमा प्र्याउन ततपर त्ल्रहेको बताए ।