महेन्द्रनगर (धनुषा)- प्याब्सन नगर इकाई समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको आयोजना , ब्लड फर नेपालको समन्वय र नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको प्राविधिक सहयोगमा महेन्द्रनगरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर हनुमान चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ जना पुरुष र १ महिला गरी जम्मा ३२ जना व्यक्तिले रक्तदान गरेका छन्।
प्याब्सन नगर इकाई समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको अध्यक्ष सुजित कापरीले विपद् परेको बेला र देशमा कुनै पनि बेला प्राकृतिक प्रकोपले निम्ताएको समस्याले मानवलाई रगतको आवश्यक परेको हूँदा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तै ब्लड फर नेपालका सदस्य जयकृष्ण महतोले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।
ब्लड फर नेपाल विगत लामो समयदेखि रगतको विषयमा काम गरिरहेको र विधालय – विधालयमा रगत को विषय,रगतको महत्व र रगत बारे बिधमान अवस्थाहरु बारे जानकारी गराउदै जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ।


