एन.सि.सि.एस.केलज काठमाडौं र स्वेत गणेश युवा क्लब द्वारा आयोजित बृहत रक्तदान कार्यक्रम मा जम्मा १२५ जनाले रक्तदान गरेका छन्।
शनिबार काठमाडौं स्थित एन.सि.सि.एस.केलजको सभाहलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ब्लड फर नेपालको समन्वय र लियो कल्ब अफ काठमाडौं सोसियल सर्कलको सहयोग रहेको थियो।




“रक्तदान जिवनदान” मुल नाराका साथ रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् र रगत आवश्यक परेको बेला रगत पाउन सहजता प्रदान होस् भन्ने उदेश्यले कार्यक्रम राखिएको कुरा सोही कार्यक्रम मा प्राबिधिक सहयोग रहेको स्टार ब्लड ट्रान्सभ्युजन सेन्टरले बताए।




