सर्लाही, (मधुवनी )- गोडैता नगरपालिका वार्ड -१२ मधुवनीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले एक कार्यक्रमका बिच शिविरको उदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै नगरप्रमुख देवेन्द्र कुमार यादवले आजको निशुल्क स्वास्थ शिविरको पुरै खर्च वडाअध्यक्ष केशव कुमार को व्यक्तिगत लगानीमा भएको बताउदै आफू कार्यक्रममा रिवन मात्र काटन आएको उहाँले बताए ।
समाजसेवी वडाअध्यक्ष केशव कुमारले बेलाबेलामा जनहित र समाज कल्याण लागि विभिन्न सहयोग तथा कार्यक्रम गर्दै आएकोमा मेयर यादवले खुलेर उहाँको प्रशंसा गरे ।

आजको निशुल्क स्वास्थ शिविरमा ३ सय महिला र १ सय ५० पुरुष गरी ४५० भन्दा बढी व्यक्तिहरुले स्वास्थ जाँच गराएको स्वास्थकर्मी अनिल कापडले जानकारी दिए । उहाँका अनुसार सबै व्यक्तिहरूलाई स्वास्थ जाँच सहित निशुल्क औषधी वितरण र बालबालिकालाई बाफ लगाउने काम गरिएको बताए ।
निशुल्क स्वास्थ जाँच शिविर आफनै व्यक्तिगत लागतमा सन्चालन गरिएको वार्ड -१२ का वडाअध्यक्ष केशव कुमारले दाबी गरे । उहाँका अनुसार आज निशुल्क चेकजाँच पछि विरामीहरुलाई २ लाख ५० हजार बराबरको औषधी वितरण गरिएको बताए । शिविरको उदघाटन कार्यक्रममा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादव, सिमा सुरक्षा बल मधुवनीका सशस्त्र प्रहरी निरिक्षक नवीन देउजा, मधुवनी प्रहरी चौकीका सई संजय यादव, वडासदस्यहरु लगायत स्थानीय बुद्धिजीवी तथा भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


