काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पका कारण कम्तिमा १ सय ११ जनाको मृत्यु भएको छ ।
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा गएराति ११ बजेर ५९ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूमकम्पमा कम्तिमा ९५ जनाको मृत्यु भएको हो । भूकम्पका कारण २ सय २० जना घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पको प्रभाव परेको छ ।



गान्सुमा पनि धेरै घरहरु भत्किएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले भूकम्प ५ दशमलव ९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।
भूकम्पमा परेकाहरुको विहानैदेखि उद्दार थालिएको छ ।





