भैरहवा- वैदेशिक रोजगारी को लागि माल्टा पठाईदिने भन्दै रकम लिई ठगी गर्ने लाई काठमाडौं सातदोबाटो बाट र कतार पठाईदिने भन्दै ठगी गर्ने लाई काठमाडौंको माकलबारी बाट प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा माल्टा पठाईदिने भन्दै ठगी गर्ने खोटाङको खोटेहाङ गाउँपालिका-७ घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका ५५ वर्षीय विरेन्द्र उदास रहेको र कतार पठाईदिने भन्दै ठगी गर्ने मा सिन्धुपाल्चोक भोटेकोशि गाउँपालिका-२ घर भई हाल काठमाडौं बौद्ध वस्ने ३१ वर्षिय भिम बहादुर तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।



पक्राउ परेका विरेन्द्र उदास ले सबिता गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिने र प्रतिष्ठित कम्पनीमा काम लगाई मासिक ३ लाख कमाई हुने विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी ९ लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरी ले जनाएको छ।
साथै भिम बहादुर तामाङले शुक्र बहादुर तामाङ लगायत लाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिने र मासिक १ लाख तलव आउने कम्मनी मा काम लगाई दिने भन्दै प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी ५ लाख २५ हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले निज उदास र तामाङ लाई खोजतलास गरी पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन् ।





