
जनकपुरधाम- सर्लाहीको बरहथवा घटनामा प्रहरीको गोलीबाट शुक्रवार मृत्यु भएका युवकको शव अझै उठ्न सकेका छैनन् ।प्रदर्शनकारीहरुले मृतक युवकको शवलाई नियन्त्रणमा लिई पुल राखेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले गोली प्रहार गर्ने र आदेश दिने दुबैलाई कारवाही, क्षतीपूर्ति लगायतको माग राख्दै प्रदर्शन गर्दै छन् ।
नगरपालिकाको नगरप्रमुख कल्पनाकुमारी कटुवालको हठबादी नीतिबाट उब्जीएको प्रतिकूल परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिन गोली चलाएपछि प्रदर्शन चलिरहेको स्थान भन्दा ५ सय देखि ६ सय मिटरको दुरीमा रहेका नेपाल विद्युत प्राधिकरणको पुल भएर जाँदै गरेका बरहथवा नपा ६ का ३० बर्षिय जयशंकर साहको टाउकोमा गोली लागेर तत्कालै मृत्यु भएको थियो ।
स्थानीयले जुलुश प्रदर्शनमा सहभागी नै नभएका पसल बन्द गरेर घर तर तर्फ जाँदै गरेका युवक साहलाई ताकेर टाउकोमा प्रहरीले गोली प्रहार गरेको आरोप लगाएको छ।

स्थानीयल कर्पm्यु लगाएर घटनाको ढाकछोप प्रयास गरिरहेको आरोप लगाएको छ । गोली प्रहारबाट मृत्यु भएको घटना स्थलमा ब्यापक रुपमा प्रदर्शनकारीहरुको उपस्थिती रहेको हुँदा सुरक्षाकर्मीहरु त्यस तर्फ जान सकेको छैन ।
कर्फयुको समय आइतवार विहान ८ बजे सम्म बढाइयो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवाको अवस्था निकै तनावपूणर् रहदा शुक्रवार साँझ साढे ५ बजे देखि शनिवार विहान ८ बजे सम्म रहेका कर्फयुको समय आइतवार विहान ८ बजे सम्म बढाइएको छ ।
बरहथवामा थप अप्रिय घटना हुन नदिन जिल्लाका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको हुँदा कर्फयुको पूणर् पालना गर्न सर्लाही प्रशासनले जिल्लाबासी संग अनुरोध गरेका छन् ।
यो पनि पढ्नुहोस :
बरहथवा नगरपालिकामा भएको आन्दोलनमा प्रहरीकाे गाेली लागि एक जनाको मृत्यु,अवस्था तनावग्रस्त
https://shirishnews.com/2024/01/05/52870/
https://shirishnews.com/2024/01/05/52883/
मैले गोली चलाउने आदेश दिएको छैन
https://shirishnews.com/2024/01/06/52910/
बरहथवामा प्रहरीको गोलीबाट हत्या भएका युवकको शव घटनास्थलबाट अझै उठेनन्
https://shirishnews.com/2024/01/06/52914/
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
https://shirishnews.com/2024/01/06/52922/
प्रहरीले स्वीकारे- बरहथवामा गोली लागेर ढलेका जयशंकर निर्दोष, खोसिए एकला छोरा