धनुषा- मधेस प्रदेश जनकपुरधाममा वित्तिय क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाहरूमा आस्था बचत ऋण सहकारी संस्था लि. ठूलाे फड्काे मारेकाे साधारण सभामा सहभागी वक्ताहरूले बताए ।
आस्था बचत तथा ऋण सहकारी संस्थाकाे शनिवार सम्पन्न १४ औं बार्षिक साधारण सभाकाे उदघाट्न सत्रमा सहकारीका साधारण अर्थ सहकार्य , सह अस्तित्व, समानकार्य तथा संग-संगै गरिने काम हाे भनी वक्ताहरूले धारणा राखे ।




जनकपुधाम उद्याेग वाणिज्य संघमा आयाेजित वार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट संस्थाका अध्यक्ष विनाेद कुमार साहले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
अध्यक्ष साहले भने सहकारी सञ्चालनमा थुप्रै चुनाैतिहरू सामुना गरेका बताए ।
उनले भने संस्थाका प्रमुख मेरूदण्डकाे रूपमा शेयरसदस्यहरू रहेका छन् । सदस्यहरूलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि अत्याधुनिक प्रविधिमा आधारित काेर बैंकिङ सिस्टम, एस.एम.एस. बैकिङ र माेवाईल एप्सबाट घरमै बसेर विभिन्न सेवाहरू तथा रकमान्तर गर्न सकिने समेत ब्यवस्था सुचारू गरेका बताए ।
उनले अल्पज्ञान र व्यवसायिक कार्य कुशलताकाे अभावमा केही सहकारी संस्थाहरू बदनाम भई बन्द हुने कगारमा समेत पुगेका ध्यानाकर्षण समेत गराए ।
उनले कतिपय सहकारी संस्थाहरू सुशासनकाे कमिले सदस्यहरूका वचत रकम समयमा फिर्ता गर्न नसक्दा संस्थाहरूका हालबेहाल भएका बताए ।
उनले आस्था समुदायमा गुणस्तरीय सेवालाई प्रमुख लक्ष्य बनाई सदस्यहरूकाे वचत सुरक्षालाई उच्च प्राथमिकतामा राखेर विभिन्न प्रकारका वचत याेजनाहरू संचालन गर्दै आएका धारणा राखे ।
उनले हाम्रा सहकारी संस्थाका स्थापना २०६५ असाेजमा भएपनि पुन: २०६८ माघ २८ गते देखि नवगठित सञ्चालक समिति , लेखा समिति, कार्यालय कर्मचारीहरू तथा बजारप्रतिनिधिका कठिन परिश्रमले यहाँ सम्म आएका बताए ।
उनले महिला तथा पुरूष सदस्य गरि कूल सदस्य २२ हजार ३ सय २९ सदस्य रहेका छ भने ९ कराेड २२ लाख ५७ हजार ४ सय शेयर पुंजी रहेका बताए ।
संस्थाले आफ्ना असल बचतकर्ता, असल ऋणि, जेष्ठ नागरिक बचतकर्तालाई तथा सामुदायिक विद्यालयका जेहेन्दार बिद्यार्थी भाईबहिनिहरूलाई समेत सम्मान गरेका प्रमुख कार्यकारी अधिकृत नवीन कुमार कर्णले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केपि उप्रेतीका प्रमुख अतिथ्यमा सम्पन्न भएका वार्षिक साधारण सभामा विशिष्ट वक्ताहरूमा समजसेवी अमरचन्द्र अनिल, सुनिल मल्लिक, आस्था सहकारीका नि. वर्तमान अध्यक्ष गाेपाल गुरूङ, शेष हसन, वैश्नवीका जयनाथ चाैधरी लगायतका वक्ताहरू आ-आफ्ना मन्तव्य प्रकट गरेका थिए ।




