जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।
बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।



गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको हो ।
बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो ।

- हेर्नुहोस् सहमतिका बुँदाहर
१. आन्दोलनको क्रममा असमायिक निधन भएका युवा व्यवसायी जयशंकरप्रति श्रद्धाञ्जली र परिवारप्रति सम्वेदना व्यक्त
२.गृहमन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने
३.मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने
४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंग्याउने
५. मृतकको शालिक अस्पताल प्रांगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने
६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने
७. मृतकको नामबाट प्रक्रिया पर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने
८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने
९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने
१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने
११. मृतकको शवलाई तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने
यो पनि पढ्नुहोस :
बरहथवा नगरपालिकामा भएको आन्दोलनमा प्रहरीकाे गाेली लागि एक जनाको मृत्यु,अवस्था तनावग्रस्त
https://shirishnews.com/2024/01/05/52870/
https://shirishnews.com/2024/01/05/52883/
मैले गोली चलाउने आदेश दिएको छैन
https://shirishnews.com/2024/01/06/52910/
बरहथवामा प्रहरीको गोलीबाट हत्या भएका युवकको शव घटनास्थलबाट अझै उठेनन्
https://shirishnews.com/2024/01/06/52914/
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
https://shirishnews.com/2024/01/06/52922/
सर्लाहीको बरहथवामा कर्फ्युमा पनि शव सहित प्रदर्शन जारी
https://shirishnews.com/2024/01/06/52935/
बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति
https://shirishnews.com/2024/01/06/52974/
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
https://shirishnews.com/2024/01/06/52979/
बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्याउँदै प्रहरीको गोलीले ढले जयशंकर
https://shirishnews.com/2024/01/06/52983/
काँग्रेस-एमालेको जुँगाको लडाई अनाहकमा ज्यान गुमाए जयशंकर
https://shirishnews.com/2024/01/07/52987/
दुई दिनमा पनि उठेन बरहथवामा प्रहरीको गोली लागेर ढलेका जयशंकरको शव
https://shirishnews.com/2024/01/07/53029/
बरहथवामा जयशंकरलाई गोली दाग्ने हवल्दार जिल्ला तानिए
https://shirishnews.com/2024/01/07/53032/
बरहथवा घटना: साहको शव सडकमै, पीडित परिवारले गराए बजार र यातायात बन्द
https://shirishnews.com/2024/01/07/53036/
सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा




