भैरहवा- रुपन्देही प्रहरी ले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको समान सहित को ट्रक शुक्रवार नियन्त्रण मा लिएको छ। सिद्धार्थनगर नगरपालिका वडा नं ८ सिटी अस्पताल चोक वाट प्रहरी ले नियन्तरण मा लिएको ट्रक मा साडी, जुत्ता, थान कपडा लगायत को समान हरु रहेको प्रहरी ले जनाएको छ।

मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं ४ का ४२ वर्षिय रामचन्द्र खत्रीले ना ३ ख ५१८९ नं को कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा प्रहरी ले पक्राउ गरेको हो। पक्राउ गरिएको सो ट्रक मा थानको कपडा ५६० थान (१४६३६ मिटर), लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान ( ५१०४ मिटर), दोसल्ला ४४२ थान र साडी ६१२ थान रहेको र सो समान र कन्टेनर (ट्रक) सहित अनुमानित मुल्य ३० लाख ६२ हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।



त्यस्तै रुपन्देही कै ओमसतिया गाउँपालिका वडा नं ४ बसन्तपुर मा अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार चोरी छली गरी लु ८ प ११३५ र यु.पी ५५ जेड ९२८८ नम्बरको मोटरसाईकलमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरी ले १३५ बोरा प्याज वेवारिसे अवस्थामा फेला पारी नियन्त्रण मा लिएको छ। नियन्त्रण मा लिईएको प्याज र मोटरसाईकल सहित अनुमानित मुल्य ४ लाख ५२ हजार रहेको जनाईएको छ।

सम्पुर्ण समान हरु लाई स्थानिय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागी वरामद सामान, ट्रक र मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




