राजविराज। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरमा आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीको वडा कमिटी गठन गरिएको छ । गाउँपालिका वडा नम्बर ५ मलेकपुरमा शनिबार रामकुमार साहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
साथै नवगठित कमिटीद्वारा नेपाल सरकारका बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय समेत गरेका छन ।
उक्त भेलामा आम जनता पार्टीका मधेश प्रदेश कमिटि अध्यक्ष उमेश कुशवाहा, आईटी आर्मीको केन्द्रीय उपाध्यक्ष दिलिप कुमार साह लगायतको उपस्तिथि रहेको थियो ।




