महोत्तरीको चुरे क्षेत्र राईमंडलको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ ।
बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, नाटा मधेश प्रदेश, पुर्व जनप्रतिनिधि र स्थानीय पत्रकारसँग बिहिवार भएको छलफलमा तत्कालै अध्ययन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।




उक्त छलफलमा मन्त्री किरातीले राईमंडलको सम्भाव्यता अध्ययनपछि आवश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् ।
डा. गुड्रन कर्विन्सले अध्यन गरेको राईमंडल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्ययन गर्न र पर्यटकिय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।
अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्धन गर्न आफु तयार रहेको उनकाे भनाई छ ।

छलफलपछि महोत्तरी क्षेत्र न. १ का पुर्व संसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमंडललाई पर्यटकीय क्षेत्र वनाउने उदघोष गरेको बताउदै सो प्रतिबद्धता अहिलेपनि सम्झिराखेको नेता पोखरेलको भनाई छ ।
यता मन्त्री किरातीले अध्ययन टोली पठाउने वताएपछी उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आश जाग्दो भएको वताउदै उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमंडल पर्यटकीय हवको रुपमा बिकास हुने विश्वास ब्यक्त गरे ।

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवकोरुपमा विकास हुदै गएको बर्दिवास अव मधेश कै पर्यटन हव बन्न सक्ने आशा पलाएको वताए ।
छलफलमा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश पोखरेल, युवा नेता गणेश बस्नेत, उद्योग बाणिज्य संघ बर्दिवासका माहासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्शन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
न्युज कारखानावाट





