
महोत्तरी - लोकतान्त्रिक समाजवादी पार्टी मटिहानी नगर कार्य समितिद्वारा आज वड़ा नं. १ सानो धिरापुरमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै लोसपा पार्टिका राष्ट्रिय अध्यक्ष एवं महोत्तरी क्षेत्र नं ३ का निर्वाचित संघीय सांसद महन्थ ठाकुरले देशको उन्नति आजको आवश्यकता रहेको भन्नु भएको छ ।
अविकसित देशको सूचीमा रहेको हाम्रो देश संघीयता आए पछि बिकसोउन्मुख देश तीर लागेकोले सबै मिलेर देशको विकास गर्न उहाँले सबैमा आग्रह समेत गर्नुभयो । त्यसै क्रममा उहाँले प्रजातन्त्रमा प्रतिपक्षको भूमिका हुने गरेकोले संसारमा लोकतन्त्र सबभन्दा राम्रो ब्यबस्था हो भन्नु भयो ।
बैठकमा पार्टिका राष्ट्रिय अध्यक्ष एवं महोत्तरी क्षेत्र नं ३ का निर्वाचित संघीय सांसद महन्थ ठाकुर, प्रदेश सभा सदस्य रानी शर्मा, रुपा यादव, मटिहानी नगरपालिकाका नगर प्रमुख एवं पार्टीका महासचिव हरि प्रसाद मंडल सहभागी रहेका थिए ।