भैरहवा- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब ले हाथ पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाईनल खेल मा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८१ रनको लक्ष्यलाई पछयाउदै नेपाल पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाउन सफल भइ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।उपाधि जितेको पुलिसले १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता आर्मीले पाँच लाख प्राप्त गरेको छ।

नेपाल पुलिस क्लबका लागि शंकर रानाले ४३ बलमा सर्वाधिक ६२ रन, अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाएका थिए ।

त्यस्तै बलिंग तर्फ पुलिस क्लबका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिन सफल भए भने सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम ,बसिर अहमदले एक-एक विकेट लिए र विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए ।




