महोत्तरी - महोत्तरीको बर्दिवासमा सडक खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा फागुन ५ देखि ७ गतेसम्म महोत्सव हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई मधेसको पहिचान र स्वादका खानासँगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउने गरी महोत्सव गर्न लागेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्जबहादुर कार्कीले बताए । बर्दिवासमा जोडिएको बीपी राजमार्गको पूर्वतर्फ करिब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिने कार्कीले जानकारी दिए ।
महोत्सवस्थलमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम पनि हुने भएकाले मनोरन्जनसँगै होटलमा पाउनेभन्दा २० देखि ४० प्रतिशससम्म छुटमा खाजा खाना खान पाइने संघले जनाएको छ । महोत्तरी बाहिरबाट स्टल राख्न आउने होटल व्यवसायीलाई स्टल फ्रि गरिएको र जिल्लाका स्थानिय व्यवासयीलाई १ हजार देखि १५ सय र २ हजारसम्ममै सस्तो मुल्यमा स्टल उपलब्ध गराईने कार्किले बताए ।
बर्दिवासमा पहिलोपटक सडक खाना महोत्सव गर्न लागिएकाले महोत्सवबाट फाईदाको अपेक्षा नराखिएको र खर्च १५ लाख हुने अनुमान गरिएको संघका महासचिव नारायण घिमिरेले बताए । जिल्लामा पाइने स्वच्छ र स्वादिष्ट खाना एकै छानामुनी खुवाउँदै पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने महोत्वसको उदेश्य भएको घिमिरेले बताए ।
बर्दिवासमा भएका धेरै व्यापारिक महोत्सवको अवलोकलन धेरैले गरेका भएपनि यस्तो महोत्सव जिल्लामै पहिलो पटक लागिरहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए । बर्दिवासका लागि नयाँ विषय भएकाले सडक खाना महोत्सव कस्तो हुन्छ भन्ने चासो सर्वसाधारण र सवै सरोकारवालाई भएकाले महोत्सव सफल हुने विश्वास खड्काले व्यक्त गरे ।
सांस्कृतिक तथा पर्यटन प्रवर्दन गर्न बर्दिवास नगरपालिकाले छुट्याएको ६ लाख ५० हजार र अन्य रकम सहयोग लिएर १५ लाख लागतमा महोत्सव गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । तीन दिन लाग्ने सडक खाना महोत्सव ५० हजार मानिसले अवलोकन गर्ने लक्ष्य राखिएको र सोहि अनुरुप प्रचारप्रसार गरिएको संघका महासचिव घिमिरेले बताए । महोत्तरीका खानाको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले गरिएको महोत्सव लाग्ने ३ दिन बर्दिवासमै बसेर महोत्सव अवलोकन गर्न आयोजकले सबैलाई अपिल गरेको छ ।