नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रर्यटन संसदीय समितिका सभापति सांसद राजकिशोर यादवको नेतृत्वमा ११ सदस्यी टोली भारतको औपचारिक भ्रमण सकाएर नेपाल फर्केका छन् ।

दिल्ली, मुम्बई, गोवा हुँदै लखनउ हुँदै अयोध्या र वराणशी भ्रमणका क्रममा नेपाल-भारत बीचको कुटनीतिक र पर्यटकीय आयामहरुमा केन्द्रित यो भ्रमण कस्तो रह्यो ? भन्ने विषयवस्तुलाई समेटिएको यो सामग्री नेपाली सांसद टोलीका नेतृत्वकर्ता नेता राज किशोर यादवसँगको टेलीफोनिक सम्वादमा आधारित छ । यो भ्रमणले नेपाली जनता किन उत्साहित हुनुपर्ने जिज्ञासामा उहाँले भन्नुभयो, सबैभन्दा पहिला नेपालभारत बीच लामोसमय देखि चल्दै आएको ‘रोटी बेटीको सम्बन्ध’को न्यारेटिव लाई हामीले ‘कुटुम्ब’ हौ भन्ने व्यवहारिक मान्यतालाई भारत समक्ष राखेका छौ ।




यादवका अनुसार भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको छिमेक प्रथम (नेवरहुड फस्ट) को नीति अन्य छिमेकीको लागि पनि छ, तर हामी ‘कुटुम्ब’ हौँ र अरु छिमेकीभन्दा पृथकरुपमा नेपाललाई हेरिनुपर्ने धारणालाई यसबाट टेवा पुग्ने विश्वास वहाँको छ । रोटीबेटीको भाष्यले कुनै एकपक्षको गरिपनलाई झल्काउँछ भन्ने कुटुम्ब शब्दले हाम्रो सम्बन्धको जडा एउटा साँझा सभ्यतामा आधारित छ भन्ने प्रतित हुन्छ । हामी समान छौँ भन्ने अर्थ दिन्छ । र हो पनि , जस्तो की हामीलाई थाहा छ, नेपाल भारतबीचको सम्बन्ध आजको होइन, यो अनादिकाल देखि रहँदै आएको सम्बन्ध हो । नेपालको आराध्यदेव पशुपतिनाथमा भारतीय पुजारी छ भन्ने भर्खर उदघाटन भएको रामललाको मन्दिर होस या काशी विश्वनाथ मन्दिरमा- नेपाली पुजारी रहँदै आएको छ । यो आफैमा अद्वितीय छ ।

गत शुक्रबार भारतको राजधानी दिल्लीमा भारतीय विदेश मन्त्रि एस जयशंकरसँगको भेटघाटलाई उपल्ब्धीमुलक बताउँदै यादव भन्नुहुन्छ, भारतको जवाहरलाई नेहरु विश्वविद्यालय (जेएनयू)मा सार्कको नागरिकका रुपमा अमेरिकी डलरमा पैसा तिनुपर्ने अवस्थाको अन्त्य हुनेभएको छ । अर्थात अब भारतीय नागरिक सरह भारतीय मुद्रा (भारु) मा तिर्नसक्ने जानकारी विदेशमन्त्रिको तर्फबाट आएको छ । विदेश मन्त्रि जयशंकरले नेपाली संसदीय टोलीलाई जानकारी गराए की, भारतमा कार्यरत नेपालीले प्रतिमहिना दुई लाख रुपैयाँसम्म भारतीय बैंकमार्फत नेपालमा पठाउन सक्ने भनी आश्वासन दिएका छन् । त्यसैगरि भारतीय मेडिकल कलेजमा पढ्न पनि अब भारतीय नागरिकसरह भारुमा शुल्क तिर्नसक्ने सुबिधाको प्रबन्ध गरिने भनी जानकारी जयशंकरले गराउनुभयो ।

नेपाल भारत बीच रहेको खुला सिमाना सहितको सौहार्द सम्बन्ध रहेको कारण होला, लाखौ नेपाली भारतमा पढाई, दबाई, कमाई र घुमाईका हिसाबले बस्ने गर्छन् । तर भारतमा ती नेपाली नागरिकले सिमकार्ड पाउन नसक्ने अवस्थाको एक महिनाभित्र अन्त्य हुने विश्वास भारतीय विदेश मन्त्रि जयशंकरले नेपाली प्रतिनिधिमण्डललाई दिइँरहँदा यसले भारतमा भाग्य अजमाइ रहेका लाखौ नेपाली जनतालाई ठूलो राहत हुने विश्वास सांसद यादवमा रहेको छ ।

दिल्लीमा स्वागत गर्ने क्रममा भारत सरकार नेपालको आर्थिक विकासमा सहकार्य गर्दै विकाशको यात्रा बढाउन इच्छुक रहेको र कुनैपनि समस्यालाई आपसी संवादको माध्यमले समाधान गर्न भारत सदैव प्रतिबद्ध रहेको भनी बताए । पछिल्लो महिना नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपाल भ्रमण गरेका जयशंकरले त्यसबखत भएको १० वर्षमा १० हजार मेगावाट विद्ययुत भारत निर्यात गर्ने बजार सुनिश्चित्ता र दीर्घकालिन विद्ययुत व्यापार सम्झौताबाट नेपाल लाभान्वीत हुनुपर्ने विश्वास भारतले लिएको छ । सांसद यादवले दिनुभएको जाकारी अनुसार नेपालको विकाशको लागि भारत हरसम्भव सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको भाव जयशंकरले प्रकट गर्नुभयो ।
भारतको औपचारिक भ्रमणको क्रममा यूपी पुगेको नेपाली सांसदको टोलीले मुख्यमन्त्रि योगी आदित्यनाथसँग समेत भेटघाट गरेको छ । संसदको अन्तर्राष्ट्रिय तथा प्रर्यटन संसदीय समितिका सभापति यादलवे गराउनु भएको जानकारी अनुसार, योगी आदित्यनाथसँगको भेटघाटमा अयोध्यामा राम मन्दिर बनेकोमा बधाईं दिनुभयो र जनकपुरधामविना अयोध्याले पूणर्ता नपाउने भनी ध्यानाकर्षण गराउनुभयो । नेता यादवले जनकपुरधामको विकासमा सहयोग गर्नको लागि आग्रह समेत गर्नुभयो । त्यसैगरि, नेपालको सम्प्रभुताको कदर गर्दै नेपाल र भारत एउटै आत्माका दुई शरीरका रुपमा लिएको भनी योगीले भन्नुभयो । भारतले गरिरहेको विकास र समृद्धिको प्रक्रियामा नेपाललाई सँगसँगै लैजाने भाव प्रकट गर्नुभएको जानकारी सभापति यादवले गराउनुभयो । यूपीका राज्यपालसँग समेत भेटघाट गरेका नेपाली प्रतिनिधिमण्डल अयोध्यामा प्राणप्रतिस्ठा भएको रामललाको मन्दिर दर्शन गर्नुको साथै काशिविश्वनाथको समेत दर्शन गरेको छ ।
रोटी बेटीको सम्बन्धको सिमित भाष्यलाई कुटुम्बको फराकिलो क्यानभासमा ल्याउन गरिएको प्रयाश प्रशंसनिय देखिएको छ । भारतका विदेश मन्त्रि देखि उत्तर प्रदेशका मुख्यमन्त्रिसँगको भेटघाटमा नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले पाउनुभएको आश्वासन र प्रतिबद्धताहरु नेपालभारतको सम्बन्ध थप बलियो बनाउन र विकास समृद्धीको सहयात्री बन्न सहयोग पुर्याउनेमा आशावादी हुनसकिन्छ ।
यसै सन्दर्भमा सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको जनकपुर भ्रमणको बेला जनकपुर-अयोध्या बस सेवाको शुभारम्भ भएको थियो । तर पछिल्लो कोविड महामारी पश्चात उक्त बससेवा अहिले ठप्प रहेको छ । त्यसैगरि, जनकपुर शहरको विकासको लागि घोषणा गरिएको १०० करोड सहयोगको प्रतिबद्धताले अहिलेसम्म कुनै मुर्तरुप लिनसकेको छैन् । जनकपुर-अयोध्या सम्बन्धको कडी अनादिकाल देखिको छ । पछिल्ला केही वर्षदेखि यी दुबै स्थलको चर्चा पनि नबढेको होइन । तर कहाँ, कसरी हामी चुक्दै आएका छौँ भन्नेतिर हाम्रो गम्भिर ध्यानाकर्षण हुननसकेको अवश्य छ ।

त्यस्तै, सन् २०१६ मा भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्न आएको बेला मन्दिरको आगन्तुक पुस्तिकामा लेख्नुभएको थियो, ‘यो महत्वपूणर् तीर्थस्थल नेपाल र भारतबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धको सबैभन्दा महत्वपूणर् केन्द्रविन्दु हो ।’ अहिलेसम्म जनकपुर र भारतको प्राचीन सहर अयोध्याबीच भएको ‘जुम्ल्याहा सहर सम्झौता’ (टुइन सीटि अग्रिमेन्ट) मा कुनै प्रगति हुननसक्नु सरोकारबाला दुवैपक्ष यस विषयमा व्यवहारिक कम भावनात्मक बढि देखिने गर्छन भनी चर्चा हुनेगर्छ ।

भारत र नेपालका श्रद्धालुहरुले गर्ने पन्द्रह दिने परिक्रमाको आफ्नै सनातनि महत्वलाई मध्यनजर गरेरै होला, भारत सरकारले प्राचीन सहरमा आउने तीर्थयात्रीहरुको लागि सुविधाका लागि परिक्रमा मार्गमा दुईवटा धर्मशाला निर्माण गर्ने घोषणा गर्न पाउँदा आफूलाई खुसी लाग्ने भनी राष्ट्रपति मुखर्जीले दिनुभएको अभिव्यक्तिले अहिलेसम्म मुर्तरुप पाउन नसक्नु कस्को चुक हो भन्ने प्रश्नमा सांसद यादवले भन्नुभयो, ‘यसमा सायद नेपाली पक्षबाट नै आवश्यक पहल कदमी भएन की ? नेपालको तर्फबाट सार्थक पहलकदमी भयो भन्ने यी घोषणाहरुलाई व्यवहारमा अवश्य अनुवाद गराउन सकिन्छ ।’




