भैरहवा- भगवान् गौतम वुद्द को जन्मस्थल लुम्बिनी मा राष्ट्रिय स्वतन्त्र पार्टी ले लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दवाव स्वरुप बुधबार पैदल यात्रा गरेको छ । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ 'राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी विकास गुरुयोजना समय मा सम्पन्न गर्न दवाव स्वरुप पैदल यात्रा गरेको रास्वपा ले जनाएको छ।

रास्वपा का सभापति तथा प्रतिनिधी सभा सदस्य रवि लामिछाने को उपस्थिती मा करिव १० कि.मी पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको हो । दवाव कार्यक्रम मा सभापति लामिछाने ले १९७८ मा गुरुयोजना शुरु भएर पनि आज सम्म अलपत्र हुनु दुर्भाग्य भएको र गुरुयोजना पुर्ण रुप मा सम्पन्न नहुदाँ यस क्षेत्र को व्यापार, व्यवसाय पनि धरासायी भएको ले जुन सुकै पार्टी लाई समर्थन गरे पनि यो दवाव यात्रा मा सहभागी हुन अनुरोध गरेका छन्।

लुम्बिनी गुरुयोजना अलपत्र पर्ना ले कैयौं पर्यटन को ढोका हरु वन्द भएको र यस क्षेत्र का युवा हरु मा रोजगारी को समस्या थपिएर विस्थापित हुन परेको लामिछाने से थप आफ्नो भनाई राखेका थिए।




