महोत्तरी - औरही नगरपालिकामा पालिका स्तरिय दादुरा रूवेला खोप अभियान सम्बन्धि स्वास्थ्यकर्मी, संचारकर्मि तथा सरोकारवालाहरूका लागी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। औरही नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता मेयर प्रदिप कुमार खड्का रहेको थियो ।
एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारले फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन सुरु जानकारी दिइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित ५१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउनु पर्नेछ। सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।

यो खोप महोत्तरी जिल्लामा २ चरणमा सञ्चालन हुने बताइएको छ। खोप पूर्ण रुपले सुरक्षित रहेको बताइएको छ। स्वास्थ्य शाखा औरही नगरपालिका स्वास्थ संयोजक चंद्रभूषण ठाकुरले महोत्तरीमा दोस्रो चरणमा खोप अभियान हुने बेलामा यस औरही नगरपालिकामा पनि ९ महिना देखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई यहि आउदो फागुन २२ गते देखि २८ गते सम्म खोप लगाइने जनाए ।
औरही नगरपालिकाको ९ वटै वडामा रहेको स्वास्थ्य चौकीबाट ५४ वटा खोप केन्द्रबाट औरही नगरपालिका भित्र करिब १४ हजार ३ सय २२ बाल बालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने भएको छ। दादुरा रुबेला खोप अभियान अन्तर्गत दोस्रो चरणमा औरही नगरपालिकाका ९ महिना देखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई फागुन २२ गते देखि २९ गते सम्म खोप लगाइने भएको छ ।
सो अभिमुखिकरण कार्यक्रममा औरही नगरपालिका वडा १ देखि ९ सम्मका वडा अध्यक्षहरु,औरही नगरपालिका भित्र रहेका सामुदायिक बिधालयका प्रधानाध्यापकहरु,निजि बिधालयका,प्रधानाध्यापकहरु,धार्मिक बिधालयका प्रधानाध्यापकहरु,प्रहरी,वडा सचिव,स्वास्थ शाखाका कर्मचारीहरु, पत्रकार, लगाएत औरही नगरपालिकाका स्वास्थ्यकर्मी विभिन्न शाखाका कार्मचारीहरुको उपस्थिति रहेको थियो ।




