भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु आईतवार बरामद गरेको छ ।
बरामद गरिएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ११ लाख ७ हजार १ सय ५० रहेको र सम्पुर्ण सामान हरु लाई थप आवश्यक कार्वाही को लागि पशु क्वारेनाईन र भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ६ लोखडिया वाट यु पि ५५ एफ ८८९१ नम्वर को भारतिय मोटरसाईकल वाट मोटरसाईकल सहित अनुमानित ९० हजार मुल्य बराबर को बोईलर कुखुरा सहित एक जना लाई नियन्त्रण मा लिएको छ र कोटहीमाई गाउँपालिका वडा नं ३ मर्यादपुर वाट लु १ त ९७८० नम्वर को ट्रयाक्टर वाट विल मा परिणाम फरक रहेको र शंकास्पद देखिएको भन्दै ९ लाख ३१ हजार १ सय ५० मुल्य वरावर को वराम नियन्त्रण मा लिएको छ।
प्रहरी चौकी चनौली वगाह वाट खटिएको प्रहरी टोली ले ओमसतिया गाउँपालिका वडा नं ४ गुजरपुरवा वाट अनुमानित २० हजार मुल्य बराबर को माछा र प्रहरी विट गल्लामण्डी भैरहवा ले सिद्धार्थनगर नगरपालिका वडा नं ४ एयरपोर्ट वाट अनुमानित ५२ हजार को प्याज र प्रहरी चौकी मैनिहवा वाट खटिएको प्रहरी टोली ले रोहीणी गाउँपालिका वडा नं २ भटपुरुवा वाट वेवारिसे अवस्था मा अनुमानित १४ हजार मुल्य बराबर को बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।




