सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।
इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।
यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुनसरी प्रशासनले निषेधादेश जारी गरेको थियो ।
यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुनसरी प्रशासनले निषेधादेश जारी गरेको थियो ।
जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने अनुमानका बीच अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।



भुटाहामा बिहीबार फरक समुदायका युवाहरूबीच झडप भएको थियो । घाइते जीवन मेहताको धरानमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
उक्त कुटपिट घटनाको विरोध गर्दै मेहता पक्षका युवाले आज बिहानैदेखि प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शनका क्रममा युवाहरुले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थिति असहज बनेको विश्लेषण प्रशासनको छ । सोही कारण युवाहरुमाथि आक्रमण भएको बुझिएको छ ।
एक अर्काविरूद्ध उत्रिएपछि आज दुई समूहबीच झडपको अवस्था निम्त्याएको हो । प्रदर्शनमा बाहिरी जिल्लाबाट समेत मानिसहरु सहभागी हुन थालेको बुझाइ प्रशासनको छ । स्थिति असहज नहोस् भनेर कर्फ्यू लगाएको सुनसरी प्रशासनले स्पष्ट पारेको छ ।




