जनकपुरधाम – बसको ठक्करबाट बारामा डियुटीमा खटेका ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो ।मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।



बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ ।




