काठमाडौँ – सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो।
सरकारले हरेक वर्षको ईद उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नुपरेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ। साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन्।



