महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले आज वड़ा नं. १ सिरसियामा नव निर्मित पासमान जातिको कुल देवता राजा सहलेशको मन्दिर आज एक समारोह वीच उद्घाटन गर्नुभयो ।

मटिहानी नगरपालिका र महोत्तरी क्षेत्र नं. ३ ‘क’ का प्रदेश सभा सदस्य अभिराम शर्माको सहयोगमा करिब २० लाख को लागतमा मूर्ति सहित मन्दिरको निर्माण कार्य सम्पन्न भएको कुरा पालिकाका इंजीनियर दिनेश साहले बताउनुभयो । सो अवसरमा बोल्नु हुँदै नगर प्रमुख मंडलले सबै जातजातिको विकासमा पालिका कटिबद्व रहेको भन्नुभयो ।




उक्त कार्यक्रममा नगर उप-प्रमुख मंजु देवी साह, वड़ा नं. १ का वड़ा अध्यक्ष शिव शंकर राय,नगरपालिकाका इंजीनियर बिमलेश साह, उक्त मंदिरका पुजारी शशि पासमान,बिल्तु पासमान, सिकिल पासमान, रामु पासमान लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।







