महोत्तरी – महोत्तरीमा बलात्कार आरोपमा एक जना पक्राउ परेकाछन् ।
पक्राउ पर्नेमा गौशला नगरपालिका वडा नं.७ जमुनिया बस्ने ५६ वर्षीय गिरीदेव चौधरी रहेको प्रहरीले जनाएको छ।चौधरीलाई वैशाख ३ गते १८ वर्षिया स्पष्ट संग बोल्न नसक्ने एक युवतीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
पीडिट्आट फ्नो घरमा बसी रहेको बेला घरमा कोहि नभएको अवस्थामा चौधरीले बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय गौशलामा दिएको जाहेरीमा उल्लेख गरिएको छ।जाहेरी दर्ता भए लगतै आरोप चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



