महोत्तरी - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औं स्थापना दिवस शैक्षिक सुधारका लागि स्थानीयतहलाई ज्ञापन-पत्र बुझाएर मनाएको छ ।
स्थापना दिवसको अवसरमा नेविसंघले महोत्तरीको १५ वटै स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझाव सहित ज्ञापन-पत्र बुझाएको हो।
नेविसंघका केन्दीय सदस्य आशुतोष झा(नविन)ले ५५ औं स्थापना दिवसको अवसरमा शैक्षिक सुधारका लागि सुझावसहित ज्ञापन-पत्र बुझाइएको बताए ।
झाले महोत्तरीको १५ वटै पालिका नगर प्रमुख लाई ज्ञापन-पत्र बुझाएको बताए ।
ज्ञापन-पत्रमा १७ बुँदामा माग र सुझावहरु समेटिएका छन् ।








