महोत्तरी- रामगोपालपुरमा वैशाख १६ गतेदेखि दुई सातासम्म घर -घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । वैशाख १६ गतेदेखि दुई साता अवधिमा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको हो । आज मंगलवार नगरपालिकाको कार्यालयमा आयोजित ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’मा औषधि सेवनका लागि योजना तय गर्न र कार्यक्रमलाई प्रभावकारी तुल्याउन सबै वडामा जनचेतना तथा प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय भएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यस वर्ष अन्तिम वर्षको रुपमा मनाउ अभियान लाई मध्यनजर गरि हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियानका रुपमा नगरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत औषधि सेवन गराइने छ । नगर प्रमुख रामदुलार साहले औषधि अनिवार्य रुपमा सेवन गर्नका लागि सवै पक्षको प्रचारात्मक अभियान सहितको सहकार्यले हात्तीपाइले रोगलाई निर्मूल गर्न सकिने भएकाले सवैलाई यो अभियानमा सामेल हुन आग्रह गर्नुभएको छ । औषधि सेवनमा कोहि छुटेमा उनीहरुबाटै पुनः रोग सर्ने भएकाले अभियानमा सवै सामेल हुनुपर्ने प्रष्ट्याउँनु भयो ।


नै वडास्तरीय सचेतना तथा प्रचारात्मक कार्यक्रम थालिने र अभियानमा खटिने स्वास्थ्यकर्मी लाई तालीम दिसकेका छ्न। औषधि कम सेवन भएको क्षेत्रको पहिचान गर्नुका साथै महिला स्वास्थ्य स्वंयमसेविकालाई तालिम, विद्यालय शिक्षा, पत्रकार सम्मेलन गरेर प्रचार प्रसारलाई व्यापक बनाइने नगरपालिकाका स्वास्थ्य शाखाका सह-संयोजक विजय मण्डले जनाउनु भयो । रामगोपालपुर नगरपालिकाभित्र हालसम्म कुनै पनि हात्तीपाईले रोगका विरामी फेला नपरेको पनि उनले स्पष्ट पारे । विगतका अभियानहरुमा औषधी लिने र पछि खान्छु भन्दै नखाने तथा फालिदिने भएपछि यसपटक स्वास्थ्यकर्मीका टोलीले आफ्नै अगाडी औषधी खुवाउने भएको तयारी गरिएको छ ।
क्युलेक्स जातको पोथी लामुखट्टेबाट सर्ने सो रोगको विरुद्ध यस वर्षदेखि लगातार ३ वर्षसम्म थप औषधि सहितको आइडीए औषधि सेवन विधिको क्रम सुरु भएको जनाइएको छ । गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, २ वर्षसम्मका बालबालिका, ओछ्यान परेका विरामी, क्षारे रोगका विरामीले बाहेक सवैले सो औषधि सेवन गर्न मिल्ने जानकारी गराइएको छ । स्वास्थ्य शाखाका सह-संयोजक दासले हात्तीपाइले रोगको जानकारी सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख रिना देवी यादव, प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास सहितको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष, ज्येष्ठ नागरिक, अस्पताल संचालक, शिक्षक संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय र स्वास्थ्य शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।






