महोत्तरी- मटिहानीको आगलागि पीडितहरुलाई SAVE THE CHILDREN को सहयोग र मटिहानी नगरपालिका UKAID एवं रतौली युवा क्लबको समन्वयमा राहत वितरण गरिएको छ बुधवार मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगो लागि क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई राहत वितरण गरिएको हो।

उक्त राहत वितरण महोत्तरी जिल्ला समन्वय एकाइका प्रमुख सुमन लाल कर्ण, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, नेपाली सेना परिकौली ब्यारकका कर्नेल विशेष पौडेल, सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका प्रमुख घना भुसालले गरेका थिए ।




उक्त राहत वितरणमा Dignity किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तन सेट,० देखि २ वर्ष र ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूको किट गरी जम्मा ५० किसिमका सामग्री वितरण गरिएको कुरा रतौली क्लबका प्रमुख बैजनाथ चौधरीले बताए ।









