महोत्तरी - मिटरव्याजी पिडितहरुको समाचार संकलन गर्ने क्रममा महोत्तरीको औरहीमा संचारकर्मीहरुमाथी दुर्व्यवहार भएको छ ।
साहुकार समुहवाट समाचार संकलन गर्ने पुगेका पत्रकारद्वय रंजन भण्डारी र धर्वेन्द्र कुमार यादव 'यदुवन्शी'माथी आज दुर्व्यवहार भएको हो ।
यसै क्रममा पत्रकार यदुवन्शीको मोबाईल फुटेको छ भने भण्डारीको मोबाईल नियन्त्रणमा लिने प्रयास भएको प्रत्यक्षदर्शीहरुले वताएका छन ।
मिटरब्याज पीडित संघर्ष समितिले औरही बजारमा पर्दशन गरिरहेको समाचार संकलन गरिरहेको वेला एक्कासी साहुकारहरुको समुह आएर आक्रमण प्रयास भएको पिडित पत्रकारहरुले वताएका छन ।
यदुवन्शी शिरीष न्युज र स्थानीय पत्रिका खवरदर्पण दैनिकका समाचारदाता हुन् भने भण्डारी नया पत्रिका र हिमालयन टेलिभिजनको महोत्तरी जिल्ला प्रतिनिधिकोरुपमा काम गर्दै आएका छन ।
यसअघि एविसी टेलिभिजन महोत्तरीका प्रतिनिधि तथा विभिन्न संचारमाध्यममा काम गर्ने महोत्तरी कै पत्रकार बिशाल बस्नेतमाथी रातु नदी उत्त्खननको समाचार संकलन गर्ने क्रममा आक्रमण प्रयास भएको थियो ।
समाचार संकलनको क्रममा कार्यक्षेत्रमा खटिने पत्रकारहरुको सुरक्षामा खतरा बढेको भन्दै नेपाल पत्रकार माहासंघ महोत्तरीले निन्दा गरेको छ । जनताको सुचना पाउने अधिकार र प्रेस स्वतन्त्रतामाथी हस्तक्षेप हुनेगरी पछिल्लो समय देखिएका शृंखलाबद्ध घटनाहरु दु:खद भएको माहासंघ महोत्तरीका सचिव राजकरण महतोले वताए ।




