
भैरहवा- रुपन्देही को नेपाल भारत सिमा मा रहेको सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया वाट प्रहरी ले सोमवार लागु औषध चरेस १ के.जी ७ सय ५० ग्राम लगायत विभिन्न किसिम का लागु औषध सहित १ महिला र १ पुरुष गरि दुई जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा सिद्धार्थनगर नगरपालिका वडा नं १ का ४६ वर्षिय विजय गुप्ता र २६ वर्षिय मन्जु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।

सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया मा लागु औषध को कारोवार भईरहेको प्रहरी लाई प्राप्त गोप्य सुचना को आधार मा इलाका प्रहरी कार्यालय बेलहिया वाट खटिएको प्रहरी टोली ले मन्जु गुप्ता र विजय गुप्ता को शरीर तथा निज हरु को कोठा लाई खानतलासी गर्दा लुकाईराखेको अवस्था मा विभिन्न लागु औषध बरामद गरेको रुपन्देही प्रहरी ले जनाएको छ।
मन्जु गुप्ता वाट प्रहरी ले १ के.जी ७ सय ५० ग्राम चरेस, फेनारागन १४१ एम्पुल, आइपिपिएल १३६ एम्पुल, डाईजोपाम (सिरिजेक) १४१ एम्पुल र विजय गुप्ता वाट फेनारागन ८९ एम्पुल ,आइपिपिएल १८९ एम्पुल, डाईजोपाम ७० एम्पुल स्पास्मो ३१७ क्यापसुल र नाइट्रोभेट ३४ ट्याव्लेट बरामद गरी निज हरु लाई रुपन्देही जिल्ला अदालत मा पेश गरि ७ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।