
महोत्तरी(औरही) - रामगोपालपुर नगरपालिकामा कृषकहरुलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको छ। कृषकहरुलाई प्रोत्साहन गरी व्यवसायिक धान खेतीलाई बढावा दिन रामगोपालपुर नगरपालिका वडा नम्बर ७ का ५० जना कृषकहरुलाई धानको बिउ, इलेक्ट्रिक स्प्रे पम्प, डिजिटल काँटा, विषादीहरु सहितका सामग्री वितरण गरेको हो।
रामगोपालपुर नगरपालिकाको वार्षिक कार्यक्रम २०८०/०८१ अनुसार धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरुले असोज महिना तिर आफ्नो जय बाबा कारिक कृषि फर्ममा यस वडा नम्बर ७ का ७० जना कृषकहरुले दिएको आबेदन अनुसार सो कृषि सामाग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको वार्षिक कार्यक्रम २०८०/०८१ अनुसार धान प्रवर्द्धन कार्यक्रम अन्तरगत उनीहरुलाई फर्म मार्फत् ५० प्रतिशत अनुदानको सो सामग्री उपलब्ध गराइएको हो। रामगोपालपुर नगरपालिका नगर प्रमुख रामदुलार साह र जय बाबा कारिक कृषि फर्ममा आबेदन दिने कृषकहरुलाई सो सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा कृषकहरुले सहज मलखादको आपूर्ति र कृषकहरुलाई अन्य सामग्रीहरु समेत उपलब्ध गराउनु पर्ने माग उठिरहेकाे बेला नगर प्रमुख साहले आफूले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताए । नगरपालिका कृषि शाखाका प्रमुख शैलेश यादवले धान खेतीका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानको सामग्री उपलब्ध गराइएको बताए। कृषकहरुलाई क्षेत्रफलका आधारमा स्प्रेयर टंकी ४ जातको हाईब्रिड धान ५ किलोका दरले, जींक, सल्फर लगायतको सामाग्री उपलब्ध गराइएको हो। १६ लिटर क्षमताको स्प्रेयर ट्यांकी हात, इलेक्ट्रिक दुवैबाट चलाउन मिल्ने, डिजिटल तराजु र विषादी हरु वितरण गरिएको छ ।

जय बाबा कारिक कृषि फर्मका अध्यक्ष सन्तोष कुमार खत्वेले हामीलाई कृषकहरुले धान खेतीका लागि नगरपालिकाको वार्षिक कार्यक्रम २०८०/०८१ अनुसार धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सो सामग्री उपलब्ध भएको बताए। स्थानीय एक कृषक रामकिशोर महराले प्राप्त सामग्रीहरुबाट आफूहरुले नमुना धान खेती गर्ने बताए।






