
जनकपुरधाम - जनकपुरका सँचारकर्मी शिवेन्द्र रोहिताको घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न थालेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा तनाव भएको छ । शनिबार विहान जनकपुरका सँचारकर्मी रोहितालाई कारले ठक्कर दिएर मृत्यू भएको थियो । सोही कारमा सवार चार जना अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
कार चालकसहित अन्य तीन जना पक्राउ परेकोमा उनीहरुलाई रिहा गर्न लागेको भन्दै एमालेका नेता उमाशंकर अरगरियाको टोली जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको हो । सँचारकर्मीहरुसहितको टोलीले घटनाको छानबिन नगर्दै कारमा सवार अन्य तीन जनालाई रिहा गर्न लागेको भन्दै मोटो सँख्यामा सँचारकर्मी, नेता, कार्यकर्ताहरु पुगेका हुन् । शनिबार विहान करिब ३ः०० बजेको समयमा जनकपुरधामको थापाचोकस्थित पत्रकार रोहिता सवार मोटरसाईकललाई मुख्यमन्त्री कार्यालयबाट पीडारीचोक तर्फ तीव्र गतिमा जाँदै गरेको कारले ठक्कर दिएपछि उनको मृत्यू भएको हो । सोही घटनामा जयनाथ यादव घाईते भएका छन् ।
उनको घटना शंकास्पद रहेको भन्दै पत्रकार महासंघ धनुषा शाखा र प्रदेश शाखाले समेत छानबिनको माग गरिरहँदा धनुषाका एसपी भुवनेश्वर तिवारीको निर्देशनमा पक्राउ परेकाहरुलाई छाड्न लागेको भन्दै विरोध जनाइएको हो । गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा जनकपुरधाम ढल्केवर सडकखण्डमा न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । सो घटना सेलाउन नपाउँदै पुनः एक सँचारकर्मीसँगको घटनापछि शंका बढेको हो ।
यो पनि पढ्नुस् :
जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु
https://shirishnews.com/2024/05/18/60455/