
महोत्तरी- मटिहानीमा आज फेरी आगलागिको घटना भएको छ। मटिहानी नगरपालिका वड़ा नं. ६ स्थित मदरसा टोलमा जाकिर अंसारी र नूर मोहम्मद अंसारीको घरमा आगलागी भएको हो ।

पीडितहरुले आज बिहान करीब १० बजे बिद्युत सर्ट भई घरमा आगो लागेको बताए । आगो लागे लगतै मटिहानी नगरपालिकाका बारूण यन्त्र कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा आगो नियन्त्रणमा लिएको थियाे ।
समयमै आगो नियन्त्रणमा लिन सफल भएको हुँदा आगलागिबाट बढी क्षति नभएको मेयर हरिप्रसाद मण्डलले बताए ।




