
जनकपुरधाम- पालिकाको हरेक क्षेत्रमा र सुचनामा युवाको पहुँच अतिआवश्यक रहेको नगराईन नगरपालिकाका नगर प्रमुख विनयकुमार यादवले बताएका छन् । श्री राजेश्वर निधी मा.वि. नगराईनमा आयोजित अभिमुखिकरण तथा युवा संजाल गठन कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित नगर प्रमुखले युवाले पालिकाको हरेक सुचनामा युवाको पहुँच हुनु बताए हुन । कृषि, स्वास्थ्य, शिक्षा मुलमन्त्र रहेको नगराईन नगरपालिकाले, जेजति स्रोतसाधन छ, त्यसमै कार्य गरिरहेको उनको भनाई छ । नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो, कृषिमा समर्पित हो भनि पढ्दै आएको तर, अहिलेको अवस्थामा कृषिलाई “नेगलेक्ट” गरेको पाइन्छ । नगराइन नगरपालिकाले किसानहरुको लागि कृषि मिटर उपलब्ध गराएको छ भने किसानले खेती गर्न खर्चको गरेको विजुली विल नगरपालिकाबाट उपलब्ध गराउदै आएको बताएका छन । त्यहाका किसानहरु पनि खुसी देखिएका छन ।
युवाहरु विदेशतिर लम्केको छ । युवाहरु विदेश मात्र गई राख्यो भने देश छोड्नुस, नगरपालिकाको दशा के हुन्छ ? उनले प्रश्न पनि ते¥साएका छन् ।उनले भने,“पहिले हामीले धान चामल भारतमा बेचिन्थ्यो तर, अहिले यसको विपरित भएको छ । ” नगरपालिकालाई सबल बनाउन युवाको भुमिका महत्वपूर्ण हो तर युवाहरु सुचनाको पहुँचमा नरहेको र चासो पनि नराखेको उनले बताए । यस्तै, केहीले चासो राखे पनि राजनैतिक हस्तक्षेपले काखापाका गरिएको देखिन्छ । उनले भने, “युवाहरुले आफ्नो अधिकारको विषयमा राम्ररी बुझि रहेको छैन, किशोर किशोरीले गलत बाटोमा लाग्नु, युवाहरु लागु औषधमा लाग्नु चेतनाको अभाव र शिक्षाको अभाव रहेको देखिन्छ । जसले समाजलाई नाकारात्मकप्रभाव पार्छ ।”

युवाहरुलाई विभिन्न सिपहरु सिक्नजरुरी छ, सब भन्दा पहिले कृषि, स्वास्थ्य र शिक्षा महत्वपूर्ण हो । अहिले नगराईन नगरपालिकाले यी नै कुरामा केन्द्रितभई कार्य गरि राखेको छ । युवा संजाल गठन भएपछी युवा विदेश पलायन हुनबाट न्युनिकरण गर्न सकिन्छ, सरकारलाई खबरदारी गर्न सकिन्छ, सेफ नेपालद्वारा आयोजित अभिमुखिकरण तथा युवा संजाल गठन कार्यक्रममा उनले यस्तो भनाई राखेको हुन् ।
द एसिया फाउण्डेसन मुख्यकार्यान्वयन संस्था, यु.एस.ए.आई.डीको सहयोग तथा नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सेफ नेपाल संस्थाले आयोजना गरेको अभिमुखिकरण तथा युवा संजाल गठन कार्यक्रम नगरपालिकाको नगर प्रमुख विनयकुमार यादवको प्रमुखआतिथ्यमा १७ जना कार्यसमिति सहित नगर स्तरिय युवा संजाल गठन गरिएको हो ।
नगरपालिका भित्र रहेका ९ वटै वडा बाट सहभागिता गराउने मुख्य उदेश्य रहेको संजाल गठन कार्यक्रमबाट युवा संजाल गठन गरिएको संस्थाका परियोेजनाका संयोजक विनोद महराले जानकारी दिएका छन् ।
युवा संजालमा अध्यक्ष अमृत कुमार राउत, उपाध्यक्ष सोनु कुमारी मण्डल, सचिव मुरारी राम, सहसचिव शुभम कर्ण, कोषाध्यक्ष सकिला खातुन र सदस्यहरु करण झा, कृष्णा कुमार राम, मनान राईन,, अनिश कुमार कर्ण, संजित कर्ण, अजितकुमार मण्डल, मर्नाी मण्डल, प्रिती मण्डल, रिना देवी, रोशन मण्डल, निभा मण्डल र कृष्णा साह रहेका छन् ।

समाजमा विद्यमान रहेको समस्या, हानिकारक समाजिक मुल्यमान्यता, कुसंस्कार, कुरितीहरुको न्युनिकरण गर्न तथा युवाहरु केन्द्रित समस्याको पहिचान र सम्बोधन गर्ने उदेश्यका साथ युवा संजाल गठन गरिएको संयोजक महराले बताए । महिला, युवा, सिमान्तकृत, दलित, मुस्लिम, आदीवाशी, जनजाती, समाजिक समावेशीतालाई मुख्य आधार बनाइ युवा संजालले राष्ट्रिय युवा नीति, स्थानिय युवा नीतिको कार्यान्वयन, आवश्यक नयाँ नीति निमार्ण गर्ने उदेश्य युवा संजालको स्थापना गर्न लागिएको परियोजना संयोजक विनोद महराले जानकारी दिएका छन् ।