
भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याईएको विभिन्न सामान हरु जिल्ला को विभिन्न ठाउँ वाट बरामद गरेको छ। साथै प्रहरी ले अवैध नदीजन्य पदार्थ र माटो उत्खनन् कार्य मा संलग्न सवारी साधन हरु पनि नियन्त्रण मा लिएको छ। बरामद गरिएको अवैध सामान हरु को अनुमानित मुल्य ३ लाख १९ हजार ९ सय ५० रहेको र अवैध उत्खनन् मा ५ टिप्पर र १ जेसिवि रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले सिद्धार्थनगर नगरपालिका वडा नं. ४ वाट ३२ बोरा चिनी, १८ बोरा केराउ दाल लगायत विभिन्न सामान हरु गरी अनुमानित मुल्य २ लाख १६ हजार २ सय को बिहिवार, इलाका प्रहरी कार्यालय धकधई वाट खटिएको प्रहरी टोली ले ओमसतिया गाउँपालिका वडा नं. ६ गौरी वाट ६० हजार मुल्य बराबर को १५ बोरा चिनी र प्रहरी चौकी पिप्रहवा वाट खटिएको प्रहरी टोली ले रोहीणी गाउँपालिका वडा नं. ५ बरक वाट ४३ हजार ७ सय ५० मुल्य बराबर को भारतिय बोईलर कुखुरा शुक्रवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।

साथै जिल्ला प्रहरी कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय बेथरी र प्रहरी चौकी ब्यहोरी वाट खटिएको प्रहरी टोली ले विभिन्न स्थान हरु मा अवैध नदीजन्य पदार्थ तथा अवैध रुपमा माटो उत्खनन् गरिराखेको अवस्था मा लु २ ख ४२७६, लु २ ख ५३४२, रा १ ख १४९५, प्रदेश २-०३-०१ ख ७०३६, ना ८ ख ६६४७ नम्वर का ५ टिप्पर र ना १ क ३७३७ नम्वर को १ जेसिवि लाई नियन्त्रण मा लिएको जनाईएको छ ।
थप आवश्यक कार्वाही को लागि बरामद गरिएको सम्पुर्ण सामान भैरहवा भंसार कार्यालय, बोईलर कुखुरा लाई पशु क्वारेन्टाईन चेक पोष्ट बेलहीया र सबै सवारी साधान हरु लाई संवन्धित गाउँपालिका हरु मा वुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।