
महोत्तरी- खुला दिसा मुक्त अभियानमा बाधक बनेको जनकपुर उपमहानगरपालिका २४ बसहियाको मुसहर, चमारवस्तीमा युवाहरुले पर्यावरणमैत्री शौचालय निर्माण गरेका छन् । ति वस्तीका वासिन्दाहरुको पहुँचमा शौचालय नहुदाँ खुला दिसा मुक्त अभियानलाई गिज्याइरहेको देखेका बसहियाका युवाहरु आभाष कणर्,सीता पौडेल,आभाष कणर्लगायतका युवाहरुले सो को लागि पर्यावरणमैत्री शौचालय निर्माण गराएका छन् ।
युवाहरुले कम लागतमा स्थानीय सरसामानहरुको प्रयोग गरेर शौचालय निर्माण गराइदिएर सो वस्तीका वासिन्दाहरुलाई थप शौचालय निर्माणको लागि हौसयाएका छन् ।सो वस्तीका चार घरमा स्थानीय सामानहरुको प्रयोग गरि कम लागतमा पर्यावरणमैत्री शौचालय निर्माण गरिएको अगुवा युवा आभाष कणर्ले जानकारी दिनुभयो । उहाँले गाउँघरमा पाइने बाँस, माटो, रारी, रहँठा, खर, पराल आदिको प्रयोग गरी पर्यावरणमैत्री शौचालय निर्माण गरिएको जानकारी दिनुभयो ।

न्यून खर्चमा निर्माण गर्न सकिने सो शाँैचालय निर्माणले सो वस्तीका गरिब तथा विपन्न परिवारहरु खुशी देखिएको बताउनुहुदै युवा कणर्ले भन्नुभयो,‘शौचालय निर्माण सस्तो र गाउँघरकै सामान प्रयोग गरी सहज र सरल रुपमा निर्माण हुने भएपछि सो वस्तीका अरु पनि शौचालय निर्माणमा हौसिएका छन् ।’सो वस्तीका अकलु सदा, रामनाथ सदा, सुरेश पासमान, शम्भु कणर्को घरमा युवाहरुले पर्यावरणमैत्री शौचालय निर्माण गरिदिएका हुन् ।
शौचालय निर्माणपछि खुशी देखिएकी अकलु सदाकी बुहारी सुनिता सदाले वस्तीमा विजुली, खानेपानी, सडक तथा शौचालयको सदैव अभाव रहँदै आएको र आफुहरु त्यसको लागि भरमग्दुर प्रयास गदैै आएको सम्झिनुहुदै गाउँघरका युवाहरु शौचालय निर्माण गराइदिएर गुण लगाएको बताउनुभयो ।उहाँले पटक पटक वस्तीका समस्याहरुबारे विभिन्न निकायमा गुनासो गरेपनि सुनुवाई नभएपनि वडाका युवाहरुले नै सहयोग गरेको प्रति खुशी देखिनुभयो ।

सो वडाका युवाहरु जलवायु परिवर्तनको अल्पीकरण र अनुकुलन गर्नका लागि केन्द्रीत ब्रिटिस काउन्सिल र आयोनको सहयोग र सहकार्यमा सो दलित वस्तीमा पर्यावरणमैत्री शौचालय निर्माण गरेका हुन् । खुला ठाउँमा जथाभावी दिसा पिसाब गर्दा पोखरी र पानीको मुहान फोहर भई स्वास्थ्यमा समेत असर परिरहेको देखेका युवाहरुको यो कदमले स्थानीयहरु समेत खुशी देखिएका छन् ।

पानी परेको बेला तथा बाढीको समयमा गाउँमा प्रवेश गर्ने बाटोहरु खुला दिसाको कारणले हिड्न समेत अप्ठयारो परिरहेको बताउनुहुदै स्थानीय रामनाथ सदाले शौचालय निर्माणमा अब वर्षातमा समेत समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।