मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ ग्रहण गर्नुभएको छ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ।
प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको बहुमत सदस्यबाट विश्वासको मत लिन नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले आज बिहानको १० बजे समय सीमा तोकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त हुने प्रयोजनले दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
जसअनुसार आज बिहान ६ दलका ५५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि जनमत नेता सिँहले प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए ।
सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।
सिंह सप्तरी २ को (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मुख्यमन्त्रीमा सिंहले ११ सदस्यीय मन्त्रीमण्डल समेत गठन गर्ने तयारी छ ।


