नगरसभाको पुर्वसन्ध्यामा नेकपा एमालेले नगरको समृद्धिको लागि नीति तथा कार्यक्रम वनाएको छ ।
एमाले बर्दिवासको दलसभाले नगरको आर्थिक समृद्धिको लागि योजना र सुझाव सहित उक्त नीति तथा कार्यक्रम नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीलाई आज हस्तान्तरण गरेको हो ।
नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने क्षेत्रगतरुपमा बुँदाहरु समावेश गरिएको छ । सुचना तथा संचार प्रविधि अन्तर्गत बर्दिवास नगर पत्रकार संजालको भवन निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ ।
फिचर लेखन तालिम, फेलोसिप, पत्रकार सम्मान जस्ता कार्यक्रम निरन्तर अगाडी वढाउदै स्थानिय संचार माध्यमहरुलाई प्रवलिकरण गर्न विभित्र प्रकारका कार्यक्रम संचालन गर्नुपर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
स्थानिय राजनिती दलवाट नगरको आर्थिक समृद्धिको लागि वनाईएको यो पहिलो नीति तथा कार्यक्रम हो । उक्त कार्यक्रममा सिक्षा देखि राजस्व तथा वित्त व्यवस्थासम्म विभिन्न योजनाहरु अगाडी सारिएको छ ।




